फागुन १३, चितवन । देश अहिले निर्वाचनमय भैसकेको छ । राजनीतिक दलहरु आ– आफ्ना उम्मेदवारलाई जिताउन घरदैलो तथा कोणसभालाई तिब्रता दिएका छन । मतदाता फकाउन उम्मेदवारहरु आफ्ना प्रतिबद्धता , प्रतिज्ञापत्र, वाचापत्र सहित हरेक मतदाताको घर पुगिरहेका छन । यसैक्रममा चितवनमा पनि निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ ।
सर्वाधिक चर्चित चितवनको क्षेत्र ३ मा पनि उम्मेदवार मतदाता फकाउन व्यस्त छन । उनीहरुले आफूले जित्ने दाबी पनि गर्दै आएका छन । चितवन क्षेत्र नम्बर ३ का कांग्रेसका पुराना तथा पाका उम्मेदवार टेकप्रसाद गुरुङले पनि घरदैलो कार्यक्रमलाई तीब्रता दिइरहेका छन । उनी आफू चितवनको आदिवासी, जनजाति रहेको र चितवनको विकास र राजनीतिमा पांँच दशक योगदान पुरयाएकोले आफूले चुनाव जित्ने दाबी गरेका छन । ‘म , मेरो लोकतान्त्रिक कांँग्रेस पार्टी पुरानो र जिम्मेवारी पार्टी हो, म जितको नजिक पुगिसकेको छु। केवल नतिजा मात्र आउन बांँकी छ ।’ गुरुङले भने ।
विगत १ दशकदेखि चितवनमा नेपाली कंाँग्रेसका कार्यकर्ता तथा समर्थकले भोट हाल्न नपाएको बताउंँदै यसपटक कांँग्रेसका भोट खेर नगए आफ्नो जितलाई कसैले नरोक्ने गुरुङको भनाई छ । पछिल्लो समय सोसयल मिडीया र भीडको आधारमा चुनाव जित्ने आधार नरहेको बताउंँदै गुरुङले आफुले घरदैलोको क्रममा अपार माया र साथ चुनाव जित्ने विश्वासिलो आधार रहेको बताए । ‘अहिले देश जलाउने र देश बनाउने बीचको प्रतिस्पर्धा हो, उनले भने, यसपटक मतदाताले आफ्नो विवेकले आफ्नै भविष्य निर्माण गर्नुछ ।’ घरदैलोको क्रममा आफू माडी देखि मेघौलीसम्म, हरेक मतदाताको ओत देखि खेत सम्म पुगेको बताउंँदै हरेकको समस्या नजिकैबाट नियालेको उनले बताए । ‘मैले यस क्षेत्रको हरेक नागरिकको समस्या नजिकबाट नियालेको छ, मलाई पनि उहांँहरुले राम्रो संँग चिन्नु भएको छ । उनले भने, मैले जितेर आएमा यो क्षेत्रको कृषि, पर्यटन ,विकास, रोजगारी मेरो पहिलो प्राथमिकता रहनेछ ।’
यो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धीको रुपमा रास्वपाका उम्मेदवार सोविता गौतम र नेपाली कम्युजिष्ट पार्टीका उम्मेदवार रेनु दाहाल रहेका छन ।
म जितको नजिक पुगिसकेको छु नतिजा मात्र आउन बांँकी छ : कांँग्रेस उम्मेदवार गुरुङ
म जितको नजिक पुगिसकेको छु नतिजा मात्र आउन बांँकी छ : कांँग्रेस उम्मेदवार गुरुङ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु











