चितवन । सौगात फिटनेस सेन्टर आयोजनामा तथा पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर १०, चितवनको प्राबिधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । फिटनेस सेन्टरको स्थापनाको अवसरमा सुगर प्रेसर चेकजांच सहित डाक्टर बाट सचेतना शिविर सम्पन्न भएको हो । कार्यक्रमको फिटनेसका संचालक सभापतित्व सौगात पौडेलले गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष यमलाल कंडेल, बिशेष अतिथि वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी , विभिन्न टोल विकास समितिका अध्यक्ष प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै डाक्टर अधिकारीले स्वास्थ्य रहन मुटु . प्रेसर ,सुगर, कोलस्ट्रोल ,थाइरोइड , मन र मस्तिकलाइ रोग लाग्नबाट कसरी बचाउने ? यसका लक्षण कारण र उपचारबारे प्रस्ट पर्नु भएको थियो । कार्यक्रममा सौगात पौडेलले सधै शरीर फिटनेस राख्न जरुरी रहेको बताउनु भयो ।
वडाध्यक्ष कंडेलले पहिला मन शान्त राखी रोग लाग्नै नदिन आफै सचेत हुनुपर्छ भन्नुभयो । कार्यक्रम संयोजक पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर –१० का सामाजिक सेवा प्रमुख तथा सूचना अधिकारी केदार प्रसाद सुबेदीले सबै सहभागीलाई कार्यक्रमको टिकट लिएर आउदा १ महिना सम्म फिजिसियन डाक्टरको शुल्क नलाग्ने र अस्पतालको अरु सेवामा २५ प्रतिसत सम्म छुट दिइने बताउनु भयो । एकसय भन्दा बढीको सुगर प्रेसर जांच गरिएको कार्यक्रममा स्वास्थ्य सहायक राशिका काफ्ले र सहयोगी सिता श्रेष्ठले सेवा दिनु भएको थियो ।



