काठमाडौँ-
रतुवामाई नगरपालिका-२ स्थित घररुचोक सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार ५०० दरका ४० बण्डल बराबरको भारतीय रुपियाँ सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाले बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शंका लागेपछि जाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही स्थानमा फालेर फरार भएका थिए ।
बरामद रकम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको प्रहरी बलले जनाएको छ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



