चितवन । भरतपुर महानगरपालिका –१२ स्थित किड्स वल्र्ड मन्टेश्वरीले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा सामाजिक कार्यक्रम आयोजना गर्दै …आमाको माया छात्रावासÚमा आश्रित बालिकाहरूलाई कपडा वितरण गरेको छ।
जनजाती कल्याण आश्रम अन्तर्गत नवरत्नटोलमा सञ्चालित छात्रावासमा आयोजित कार्यक्रममा विद्यालय परिवारले छात्रावासमा रहेका बालिकाहरूलाई आवश्यक कपडा हस्तान्तरण गरेर वार्षिकोत्सवलाई मानवसेवा र सामाजिक उत्तरदायित्वसँग जोडेको हो। विद्यालयका अनुसार विद्यार्थीहरूमा सामाजिक चेतना, करुणा, सहानुभूति र सेवाभावको विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
सो अवसरमा आमाको माया छात्रावासका सञ्चालकहरूले विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगात्मक कार्यक्रमले बालिकाहरूको मनोबल वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु







