चितवन । मानवताका लागि रक्तदान अभियान अन्तर्गत एक महिनादेखि संचालित रक्तदान शिविरमा ४१६ जनाले रक्तदान गरेका छन । वर्ड ब्लड डोनर अर्गनाइजेसन चितवनको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र चितवनको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको थियो ।
एक महिनासम्म संचालित उक्त शिविरमा पुरुष तथा महिला गरी ४१६ जनाले रक्तदान गरेको अर्गानाइजेसनका संयोजक राजेन्द्र प्रसाद पौडेलले जानकारी दिनु भयो । चितवनमा रगतको चरम अभावलाई केही कम गर्ने उद्धेश्यसहित रक्तदान कार्यक्रम आयोजना गरिएको पौडेलले बताउनु भयो ।
शिविरमा आएर रक्तदान गर्ने सबैप्रति उहांँले आभार तथा धन्यवदान समेत प्रकट गर्नुभएको छ । आगामी दिनमा पनि यस्ता परोपकारी कार्यक्रमलाई निरन्तरता दिंँदै जाने संयोजक पौडेलको भनाई छ । गत असार २१ गते शुरु भएको उक्त अभियान श्रावण २० गते समापन भएको थियो ।









