चितवन । अधिवेशनबाट संघको प्रथम उपाध्यक्षमा निशा राना मगर, द्वितीय उपाध्यक्षमा राजकुमार तामाङ र सचिवमा डा बिकास पाण्डे चयन भएका छन् । यस्तै सह-सचिवमा नतिशा राना मगर, कोषाध्यक्षमा गौरव बगाले निर्विरोध निर्वाचित भएका छन् ।
संघको सदस्यहरुमा आदेश क्षेत्री, ई दीपेश अधिकारी, ह्रदय क्षेत्री, तनिशा राना मगर, सर्वदा राना मगर, सविन राना मगर, युविशा गुरुङ, प्रदीप सेन्चुरी, सहदेव गुरुङ, कमल भट्टराई, योगेश योगी, विशाल चौधरी, विवेक लामा र आयुष्का राना मगर चयन भएको कार्यक्रम संयोजक डा समिता आचार्यले जानकारी दिईन् ।
नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिदै चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले क्रियाशिल भएर अघि बढ्न सुझाव दिए । उनले कार्यसमितिमा चयन हुनु मात्रै ठूलो उपलब्धि नहुने भन्दै समितिले आफ्नो कार्यकालमा गर्ने कामले उपलब्धि मुल्याङ्कन हुने बताए ।
उनले जिल्लामा मुवाथाईको गतिविधिलाई अझै तीव्रता दिन सुझाव दिदै आवश्यकता अनुसार सहयोग र सहकार्यका लागि खेलकुद समितिको ढोका सधैं खुला रहने समेत बताए । नवनिर्वाचित अध्यक्ष शाहीले यो कार्यसमिति आफूले पाएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध भएर अघि बढ्ने बताए । यो समितिले चितवनमा मुवाथाई खेलको बिकास र प्रवर्द्धनको लागि सक्दो प्रयास गर्ने उनको भनाइ थियो ।
मुवाथाईका केन्द्रीय सदस्य विज्ञान दराईले समितिलाई शुभकामना दिँदै सफल कार्यकालको कामना गरे । यसैबीच नवनिर्वाचित समितिले कार्यक्रम सम्पन्न गर्न बिशेष सहयोग गर्ने डा समिता आचार्यलाई धन्यवाद व्यक्त गरेको छ । कार्यक्रमको सहजीकरण डा बिकास पाण्डेले गरेका थिए ।









