तनहुँ । स्पाउज क्लब अफ आर सि चितवन र रोटरी क्लब अफ चितवनको आयोजनामा भानु माध्यमिक विद्यालय, बन्दीपुर, तनहुँमा किशोरीहरूका लागि ूस्वास्थ्य, शरीर र विज्ञानस् बुझौँ, स्वीकारौँ र गर्व गरौूँ भन्ने नाराका साथ एक दिवसीय स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। कक्षा ७ देखि १२ सम्मका ११० जना छात्राहरूको सहभागिता रहेको उक्त सत्रमा महिनावारी, शारीरिक परिवर्तन र सरसफाइबारे विस्तृत जानकारी दिइएको थियो।
कार्यक्रमको मुख्य स्रोत व्यक्तिका रूपमा स्टाफ नर्स तथा स्पाउज क्लब अफ आर।सी। चितवनकी अध्यक्ष जानकी तिवारी शर्मा रहनुभएको थियो। उहाँले डिजिटल प्रस्तुतिमार्फत स्त्री प्रजनन प्रणाली, महिनावारी चक्र, किशोरावस्थामा आउने शारीरिक तथा भावनात्मक परिवर्तनहरू, र महिनावारी सम्बन्धी समाजमा व्याप्त अन्धविश्वास तथा भ्रमहरू प्रस्तुत गर्नुभयो। साथै, उहाँले सन्तुलित पोषण, सफा प्याडको safe disposal, र WHO ध्ज्इ तथा नेपाल सरकारका स्वास्थ्य मापदण्डहरूबारे प्रकाश पार्नुभयो।
कार्यक्रममा स्पाउज क्लबका सदस्यहरू कविता चुके, मना पिया, रोशनी प्रधान र जलश्री श्रेष्ठको उपस्थिति रहेको थियो। त्यसैगरी रोटरी क्लब अफ चितवनका अध्यक्ष गजेन्द्र श्रेष्ठ, पास्ट प्रेसिडेन्ट काउन्सिल चियर भानु शर्मा, पूर्व अध्यक्षहरू उत्तमलाल चुके, दिलीप पिया, दीपक प्रधान, प्रेसिडेन्ट इलेक्ट राजन पिया, उपाध्यक्षहरू गोपाल भट्टराई र गुनेश्वर महतो, तथा सचिव रोशन खरेल लगायत पदाधिकारीहरूको उपस्थिति थियो।
कार्यक्रमको अन्तिम चरणमा खुला प्रश्नोत्तर सत्र सञ्चालन गरिएको थियो, जहाँ विद्यार्थीहरूले निर्धक्क भएर आफ्ना जिज्ञासा तथा प्रश्नहरू सोधेका थिए। किशोरीहरूले अत्यन्तै उत्साहका साथ भाग लिएको र यो सचेतना सत्र उपयोगी रहेको भन्दै खुसी व्यक्त गरेका थिए।









