चितवन । रसुवा भोटेकोशी बाढीपिडीतलाई देशैभरीबाट राहत र सहयोग प्राप्त भईरहेको बेला चितवन अटाृमोबाईल रिकण्डिसन एशोसियनले समेत राहतको लागि एक लाख ३० हजार ३३३ रुपैयांँ रकम सहयोग गरेको छ ।
एशोसियसनका अध्यक्ष दिपक खड्का मार्फत आज (मंगलबार) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेक मार्फत उक्त रकम डिपोजिट गरिएको हो । राष्ट्रिय विपदको यो घडीमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत राहत सो रकम सहयोग गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । ‘यस्तो विपदमा सबैभन्दा ठुलो कुरा मानवीय संवेदनशीलता हो , खड्काले भन्नुभयो , हाम्रो यो सानो रकमले पनि पीडित परिवारको घाउमा मलम लगाउन सकिन्छ कि भनेर रकम जम्मा गरिएको हो ।’
एशोसियनमा आवद्ध सदस्य तथा रिकण्डिसन व्यवसायीहरुबाट रकम संकलन गरि कोषमा जम्मा गरिएको उहांँले बताउनु भयो । एशोसियसनले यस बिषम परिस्थितिमा विभिन्न संस्था तथा मनकारी मनहरुलाई समेत आफुले सकेको सहयोग गर्न समेत आग्रह गरेको छ । एशोसियसनले यस अघि पनि विभिन्न सामाजिक काम गर्दै आएको छ र आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिंँदै जाने समेत बताएको छ ।










