चितवन । स्थापनाकाल देखिनै उत्कृष्ट नतिजा दिंँदै आएको आरम्भ् कलेजले यसपटकपनि लगातार चितवन टपर बनेको छ । कलेजले स्नातक तह प्रथम सेमेस्टरको परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै लगातार चौथो पटक चितवन टपर बन्न सफल भएको हो ।
कलेजका विद्यार्थीहरूले बि.एच.एम. ( (BHM)) मा ३.९२ GPA र ८बि.आइ.टी.एम. (BITM) मा ३.९५ GPA ल्याउँदै जिल्लामै उत्कृष्ट नतिजा हासिल गरेको कलेजका प्राचार्य सुरज शिवाकोटीले जानकारी दिनुभयो ।
उहांँका अनुसार कलेजकी छात्रा सुहानाले ३.९५ GPA प्राप्त गर्दै देशभरको नतिजामा ८पाँचौँ स्थान८ हासिल गरेकी हुन् ।
कलेजको चौथो ब्याचको अभिमुखीकरण कार्यक्रममा बोल्दै प शिवाकोटीले विद्यार्थीहरूको मेहनतको परिणामस्वरूप कलेजले लगातार चौथो पटक यो सफलता हात पारेको बताउनुभयो।
“हाम्रा विद्यार्थीहरूले निरन्तर मेहनत गरेर कलेजलाई चौथो पटक चितवन टपर बनाउनुभएको छ। नेपालभर पाँचौँ स्थान हासिल गर्नु हाम्रा लागि मात्र होइन, सिङ्गो चितवनका लागि पनि गर्वको विषय हो,” उहाँले भन्नुभयो।
पछिल्लो कलेजको उत्कृष्ट नतिजाले गुणस्तरीय शिक्षाका लागि काठमाडौं वा विदेश नै जानुपर्छ भन्ने सोचलाई पनि केही हदसम्म परिवर्तन गरेको उहांँको भनाई छ । चितवनमै रहेर पनि राम्रो शिक्षा र उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ भन्ने कुरा विद्यार्थीहरूले प्रमाणित गरेको उहाँले बताउनु भयो ।
“गुणस्तरीय शिक्षाका लागि अब चितवन छोडेर काठमाडौं वा विदेश जानैपर्छ भन्ने छैन। आरम्भ कलेजले चितवनमै गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने कुरा नतिजाबाट देखाएको छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा चौथो ब्याचमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गर्दै प्राचार्य शिवाकोटीले अग्रज विद्यार्थीहरूले बनाएको उत्कृष्टताको यात्रालाई नयाँ विद्यार्थीले पनि निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति निरन्तर मेहनत गर्न र आफ्ना सपना पूरा गर्ने दिशामा अघि बढ्न शुभकामना दिनुभयो।











