चितवन –
रसुवा, नुवाकोट र धादिङमा भाद्र १० गते आएको महाप्रलयकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले कृषि विकास बैंकका पूर्व कर्मचारी समाज, चितवन–नवलपुरले आर्थिक सहयोग गरेको छ।
समाजमा आबद्ध १०३ जना सदस्यबाट संकलित रु. १ लाख ३ हजार ३ सय ५२ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।
संकलित रकम जम्मा गरेको भौचर समाजका अध्यक्ष प्रमोदबाबु तिवारीले एक कार्यक्रमबीच चितवनका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्नुभयो।
विपद्को यस कठिन समयमा पीडित परिवारको सहयोगका लागि आर्थिक योगदान गर्ने समाजका सम्पूर्ण सदस्यहरूप्रति पूर्व कर्मचारी समाजले आभार तथा धन्यवाद व्यक्त गरेको छ।
समाजले विपद्मा परेका नागरिकको राहत तथा उद्धारमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु











