चितवन । जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासतमा रहेका ४८ जना थुनुवाहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत मौसम परिवर्तन सगै आम नागरिकहरुको स्वास्थ्यमा सामान्य समस्या देखिएसंँगै उनीहरुको पनि स्वास्थ्य परीक्षण गरिएको हो । विभिन्न मुद्दाहरुको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा थुनामा रहेको थुनुवाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि परीक्षण गरिएको प्रहरीले जनाएको छ । भरतपुर अस्पतालको  समन्वय र सहकार्यमा उनीहरुको स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरिएको हो ।

तपाईको प्रतिक्रिया
	संबन्धित शिर्षकहरु
	
 

        
        
        
        
        
        
        
        
        
	 
	 
	 
	 
	 
	 
  		
	 
	 
	 
	 
	 
	 






