मकवानपुर । भारी परिमाणमा लागुऔषध सहित हेटौंडाबाट दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १५का े जलजला स्याङ्बो र बकैया गाउंँपालिका वडा नम्बरका आशिष बोम्जन रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार बुधबार बेलुका पौने ७ बजे ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले ना ३६ प ६९६१ र र ना ज ८ प ५६५ नम्बरको मोटरसाइकल चेक जांँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले लुकाई छिपाई ल्याएको लागुऔषध नाईट्रोभेट ५८५ ट्याब्लेट, स्प्यास्मोन प्रोक्सी भोन २८८ ट्याब्लेट गरी जम्मा ८७३ ट्याब्लेट लागुऔषध फेला परेको हो । मोटरसाइकल सहित उनीहरुलाई नियन्त्रणमा आज मकवानपुर ा अदालतबाट १५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु