चितवन । नारायणगढ मुग्लिन सडक खण्ड अन्र्तगत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारीमा गएको पहिरो पन्छाएर डेढघण्टा पछि सञ्चालनमा आएको छ ।
आज बिहान ६ बजेर ४५ मिनेटमा उक्त स्थानमा लेदो सहित पहिरो जांँदा उक्त सडकखण्ड एकतर्फी अवरुद्ध भएको थियो ।
८ बजेर २० मिनेटमा पहिरो पन्छाएपछि उक्त सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बर्षाका कारण यो स्थानमा पटक पटक लेदो सहितको पहिरो खस्दै आएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु