चितवन । पहिरो हटाएपछि नारायणगढ –मुग्लिन सडक ९ घण्टापछि सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान ५ बजेर ५० मिनेट जांँदा भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारीमा लेदो सहितको पहिरो गएपछि दुईतर्फी सडक अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएपछि आज २ बजेर ४५ मिनेटमा दुईतर्फी सञ्चालनमा आएको हो । केराबारीमा केही दिन यता बर्षाका कारण दिनहुंँ जसो पहिरो झरेर सास्ती दिने गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु