, साउन १६, चितवन । उद्योग वाणिज्य संघ–चितवनको पहलमा संघमा आवद्ध एघारसय उद्योगी व्यवसायीले कोभिड विरुद्धको खोप लगाएका छन । संघको परिसरमा आज ११ सय व्यवसायीलाई कोरोना खोप लगाईएको हो । कोरोना खोप कार्यक्रमको पहिलो चरणको कार्यक्रमलाई समापन कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजु श्रेष्ठले कोभिडको प्रकोप शुरु भएपछि नीजि क्षेत्रले राहत वितरण लगायतका क्रियाकलापमा अग्रभागमा रहेर काम गर्दै आएको बताउँदै हाल मात्र संघमा आवद्ध सदस्यलाई कोरोना खोप लगाउन सफल भएको बताए । खोप विना उद्योग व्यवसाय गर्न जोखिम रहेको भन्दै व्यापार व्यवसायले पनि गतिलिन नसकेको उनले बताए । आगामी दिनमा छुटेका उद्योगी व्यवसायील पनि खोप उपलब्ध गराउन संघ अगाडि बढ्ने भन्दै उनले खोप लगाएपछि उद्योगी व्यवसायीमा अलग्गै उर्जा थपिने उनले बताए । देशभर विभिन्न क्षेत्र र संस्था तथा उमेरसमुहले खोप माग गरिरहेको अवस्थामा भरतपुर महानगर पालिका स्वास्थ्य कार्यालय चितवनले खोप उपलब्ध गराईदिएकोमा श्रेष्ठले आभार व्यक्त गरे ।
संघले गत बर्ष पनि संघमा आवद्ध व्यवसायीहरुका लागि कोरोना वीमाको व्यवस्था गर्दै कोरोना संक्रमित व्यवसायीहरुलाई वीमा रकम हस्तान्तरण गरिसकेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । आगामी लिनमा उद्योग व्यवसायीले थप रचनात्मक र सिर्जनात्मक कार्यमा अघि बढ्ने केसीको भनाई छ ।
समापन कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको उपस्थिति रहेको थियो । प्रथम चरणमा संघले ११ सय व्यवसायीलाई जोनसोन कम्पनीको खोप उपलब्ध गराएको संघका स्वास्थ्य संयोजक सिरिस पन्तले जानकारी दिए ।
उद्योग वाणिज्य संघ–चितवनको पहलमा पहिलो चरणमा ११००ले लगाए कोभिड विरुद्धको खोप
उद्योग वाणिज्य संघ–चितवनको पहलमा पहिलो चरणमा ११००ले लगाए कोभिड विरुद्धको खोप
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु