चितवन । आउंँदो मंसिर ४ मा हुने संघिय निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेस चितवनका निवर्तमान सभापती जीतनारायणा श्रेष्ठको नाम सिफारीस गरेको छ । क्षेत्रीय समितिले आज श्रेष्ठ सहित ५ जनाको नाम सिफारिस गरेको हो । श्रेष्ठलाई उच्च प्राथमिकतामा राखेर नाम सिफारिस गरिएको क्षेत्रीय सचिव निर्मलकुमार रानाले जानकारी दिनुभयो ।
महामन्त्री गगन थापाको जस्तो वाककला भएका श्रेष्ठले आफ्नो राजनैतिक यात्र नेपाल विद्यार्थी संघबाट सुरु गर्नु भएको हो । युवा पुस्तामा सुपरिचित र रुचाईएका श्रेष्ठले यसअघि चितवन क्षेत्र नम्बर २ क बाट प्रत्यक्ष निर्वाचन लड्नु भएको थियो । एमाले र माओबादीको गठवन्धनका कारण उपबिजेता वन्नु भएका श्रेष्ठलाई अहिले संघिय निर्वाचनका लागि उम्मेदवारी सिफारीस गरिएको हो ।
चितवन क्षेत्र नम्वर २ मा टिकट पाउने प्रवल दाबेदारका रुपमा रहनु भएमा श्रेष्ठ नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति समेत रहनु भएको छ ।