चितवन । आज दिउसो त्रिशुलीमा नुहाउने क्रममा एक बालक वेपत्ता भएका छन । विरगञ्ज नगरपालिका वडा नम्बर २१ मनोहरी घर भएका कृष्ण प्रसाद यादवका अन्दाजी १२ बर्षीय अक्लेश यादव रहेका छन ।
जिल्ला प्रहरी कार्यालय , चितवनका अनुसार आज दिउसो सांँढे ३ बजे ईच्छाकामना गाउंँपालिका वडा नम्बर ४ कुरिन्टार धारापानी स्थित त्रिशुली नदीमा नुहाउन गएका थिए । सो क्रममा उनी अपरान्ह ४ बजे बेपत्ता भएका थिए । उनी संँगै पौडी खेल्न जाने बारा जिल्ला गडिमाई नगरपालिका वडा नम्बर ६ का १७ बर्षीय विशाल यादव सकुशल छन । उनीहरु परिवारसहित कुरिनटार बस्दै आएका थिए ।
कुरिनटार असई सहितको टोली र ई.प्र.का. मुग्लिङ बाट सईको टोली र अभिभावक सहित खोजतलास भईरहेको प्रहरीले जनाएको छ । हालसम्म भेट्टाउन नसकिएको र गोताखोर टोलीलाई समेत खबर गरिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु