चितवन । बजार कम्पनीको आधिकारिक बिक्रेता एनएसके मोटर्स भरतपुरले चौबीसकोठीमा एनएस १२५ विएस ६ मोडलको पल्सर मोटर साईकल लन्चिङ्ग हुने भएको छ । भदौ ३१ गते बेलुका पांँच बजे चर्चित गायक प्रमोद खरेल र हास्य कलाकार सुमन कार्कीले उक्त मोटरसाइकलको लन्चिङ्ग गर्ने भएका हुन ।
कम्पनीले बिहिबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी देशभर यो मोडलको मोटरसाइकलको विक्री शुभारम्भ गरेसंँगै यहांँ पनि लन्चिङ्ग गर्न लागिएको जानकारी दिएको हो ।
कम्पनीका सञ्चालक पदमरमज कंँडेलले यो मोडलको मोटरसाइकलको प्रर्वद्धन संँगै सांस्कृतिक कार्यक्रम पनि गरिने जानकारी दिए । कार्यक्रममा कलाकार खरेल , कार्की संँगै गायिका टिका प्रसाईं पनि सहभागी हुंँदैछन । दशैं, तिहार, छड संँगै कम्पनीले उक्त मोडलको मोटरसाईलको बिक्रीका लागि ‘आधाको आधानै काफी छ’ भन्ने स्लोगनका साथ अफर दिने भएको छ । जसअनुसार सेवाग्राहीले मोटरसाइकलको कुल मुल्यको २५ प्रतिशत डाउन पेमेन्ट गरी मोटरसाइकल लैजान सक्नेछन ।
अहिलेको आर्थिक मन्दीका कारण सेवाग्राहीको सहजताको लागि यो अफर शुरु गरिएको कंडेलको भनाई छ ।
बजार कम्पनीका क्षेत्रीय प्रबन्धक विजय कुमार सिंहले मोटरसाइकलको खरीदमा अन्य अफर पनि थपिएको बताए । उनका अनुसार हरेक मोटरसाइकलको खरीदमा सेवाग्राहीले हेल्मेट, लेगार्ड लगायतका एक्सेसरिज निःशुल्क प्राप्त गर्नेछन । यो मोटरसाइलको माईलेज ज्यादा र स्पोटी लुक्स र फरक रंगमा उपलब्ध भएकोले पनि छिट्टनै बजार लिने सिंहको भनाई छ ।
यो मोडलको मोटरसाइकलमा ४ स्ट्रोक , सक २ भल्भ एयर कुल्ड , पांँच गियर, फ्रन्ट डिस्क ब्रेक , ट्युबलेस टायर लगायतका बिशेषता छन । प्रतिलिटर ६५ किलोमिटर सम्म माइलेज दिने यो मोटरसाइकलको मुल्य २ लाख ७९ हजार ९सय रुपैंया तोकिएको छ ।
गायक प्रमोद खरेलको साथमा चौबीसकोठीमा पल्सर एनएस १२५ विएस ६ को ‘लन्चिङ’
गायक प्रमोद खरेलको साथमा चौबीसकोठीमा पल्सर एनएस १२५ विएस ६ को ‘लन्चिङ’
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु