चितवन । प्रहरीले ठूलो परिमाणमा भरतपुरबाट लागुऔषध सहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४५ बर्षीय सानु तामाङ्ग रहेकी छिन । जिल्ला प्रहरी कार्यालय , चितवनका अनुसार शुक्रबार दिउसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित सानु तामाङको घरमा लागुऔषध खरिद तथा बिक्रि गरीरहेको छ भन्ने प्राप्त सुचनाको आधारमा जि.प्र.का. चितवन बाट प्रहरी टोली खटी गएको थियो । सो टोलीले सानु तामाङलाई फेला पारी उनको शरिर तथा घर कोठामा खानतलासी गर्दा सानु तामाङले लगाएको सुरुवालको बाँया खल्तीबाट लागुऔषधडाईजेपाम ९ एम्पुल, ९ एम्पुल,फेनरागन ब्युप्रिनोर्फिन ९,एम्पुल काठको दराज भित्रको कालो रङको सेतो सोल भएको जुत्ता भित्र .डाईजेपाम ९ एम्पुल ब्युप्रिनोर्फिन ९ एम्पुल,फेनरागन ९एम्पुल गरी जम्मा १८ एम्पुल ला.औ.डाईजेपाम,१८ एम्पुल ब्युप्रिनोर्फि र १८ एम्पुल फेनरागन फेला पारिएको प्रहरीले जानकारी दिएको छ । उनलाई अदालताबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।