चितवन । चितवनमा सुनको सिक्री लुट्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका २३ घर भई हाल भरतपुर ४ सृजनाटोल बस्ने ४३ वर्षीय झलक जैसी रहेका छन्
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनले साउन २३ गते बिहान ८ः१० बजे भरतपुर ४ लंकुस्थित सडकमा स्थानीय ७० वर्षीया खगेश्वरी भुषालले लगाएको सुनको सिक्री लुटेर भागेका थिए ।
उनले ना ४३ प ७४८५ नम्बरको स्कुटरमा आएर उनले सिक्री चोरेका थिए । उनी शनिबार पक्राउ परेका हुन् । यस्तै चोरीमा प्रयोग भएको उक्त स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी उनीविरुद्ध चोरी तथा डांँका कसूरमा अनुसन्धान भईरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु