चितवन । चितवनको खैरहनीमा दुई कार आपसमा ठक्कर खांँदा ८ जना घाईते भएका छन ।
सोमबार सांँझ सांँढे ६ बजे खैरहनी नगरपालिका वडा नम्बर १ तरकारीचोक स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिम पूर्वतर्फ आउँदै गरेको बा २० च ३८२३ नम्बरको कार र विपरीत दिशाबाट जांँदै गरेको बा १४ च ५७१७ नम्बर आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा घाईते हुनेमा बा २० च ३८२३ का कार चालक खैरहनी नगरपालिका वडा नम्बर ९ का अजय परिवार सोही कारमा सवार मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नम्ब ७ का रोशन दोङ्ग, थाहा नगरपरपालिका शुकराज गोले , मनहरी गाउंँपालिका वडा नम्बर ८ का रिदम निगी र विशाल मोक्तान रहेका छन ।
यस्तै बा १४ च ५७१७ कार कारचालक मकवानपुर राईगाउंँका तारा श्रेष्ठ , उनकी छोरा बर्ष १३ का एन्सिस घताने र अर्का छोरा बर्ष ११ का एनिस घाईते भएका हुन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।