चितवन । चितवनमा जंगली आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १२ का दिपक बिक रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आईतबार बिहान ६ बजे मर्निङ्ग वाक जाने क्रममा एक्कासी जंगलबाट निस्केको बंँदेलले आक्रमण गर्दा उनको पेटमा गम्भिर चोट लागेको थियो । शरीरका अन्य भागमा समेत चोट लागेका उनको उपचारको क्रममा आईतबार दिउसो भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु