चितवन । सुनचांँदी व्यवसायी संघ,चितवनले प्रहरीलाई ३५ थान ज्याकेट प्रदान गरेको छ । आज एक कार्यक्रमबा बीच गितानगर प्रहरी इकाई कार्यालयका प्रहरी निरीक्षक नानीराज थापालाई रिफ्लेक्टर ज्याकेट हस्तान्तरण गरिएको हो।
सो अवसरमा नेपालीहरुको बडा दशैंको शुभकामना आदान प्रदान गरिएको संघका प्रवक्ता बिकास बर्माले जानकारी दिए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरीलाई शान्ति सुरक्षा र चेकजांँच गर्न सहज होस भन्ने हेतुले ज्याकेट हस्तान्तरण गरिएको बर्माले बताए ।
कार्यक्रममा उपाध्यक्ष रविन्द्र पन्थि, उत्सव खाती , कोषाध्यक्ष निलेनमान साक्य, सचिव युबराज सुनार , सदस्य विनोद विश्वकर्मा र जितु विश्वकर्माको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु