चितवन । कालिका नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष २७ को सलिम गुरुङ्ग करणी गरेको आरोपमा पक्राउ परेका छन । आईतवार सांँझ सांँढे पांँच बजे सोही ठाउंँकी सुस्त मनस्थिति भएकी १७ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।पीडित बालिकाको आमाको जाहेरीको आधारमा गुरुङ्गलाई नियन्त्रणम लिईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गुरुङ्गमाथि ७ दिनको म्याद थपेर अनुसन्धान भईरहेको छ ।
मिति २०७९÷०६÷२३ गते अं. १७ः३० बजेको समयमा जि. चितवन कालिका न.पा. ४ बलरामटोल बस्ने अं. २७ को सलिम गुरुङले सुस्त मनस्थिति भयकी बलिकालाई जबर्जस्त ती करणी गरेको जानकारी हुनासाथ प्रहरी बिट पदमपुरबाट बाट प्र.ना.नि. को टोली खटिगइ निज केटालाइ नियन्त्रणमा पीडित को आमाको जाहेरी पश्चात् अभियुक्त लाई सम्मानित जिल्ला अदालत चितवनबाट ७ दिनको म्याद थप भइ अनुसन्धान कार्य भई रहेको ।