चितवन । रवि लामिछानेको चुनावी गाडी तोडफोड भएको विषयमा गठबन्धनका नेताहरुले प्रतिक्रिया जनाएका छन । नेपाली कांग्रेस चितवनका नेता जितनारायण श्रेष्ठले रविका कार्यकर्ताले अराजकता देखाउदा घट्ना भएको बताए । श्रेष्ठका अनुसार गठबन्धनका कार्यकर्ताहरुलाई रविका कार्यकर्ताले लोप्प खुवाउने, नजिकै भेटिदा घण्टी बजाएर उत्तेजीत बनाउने लगायतको गतिविधि गर्दा घम्साघम्सी भएको थियो ।
घरदैलो अभियानका क्रममा दुवै पक्षविच भेट हुदा रवि हात हल्लाउदै अघिअघि गएको र पछि रहेका रविका कार्यकर्ताले अराजकता देखाउदा प्रतिक्रिया स्वरुप घट्ना भएको श्रेष्ठको भनाई छ । श्रेष्ठका अनुसार रविका ति कार्यकर्ताले मापसे गरेका थिए । घम्साघम्सी हुँदा गठबन्धनका १ जना कार्यकर्ता समेत घाईते भए पनि उत्तेजित कार्यकर्ताले गाडीमा आक्रमण भएको श्रेष्ठले बताए । घट्ना जे जसरी भए पनि राम्रो नभएको भन्दै सचेत र सम्यमीत हुनुपन उनले सवैलाई आग्रह पनि गरे ।
यस्तै माओवादी युवा नेता प्रताप गुरुनले घट्ना हुनुको पछाडी के कारण हो भन्ने कुरा प्रमुख हुने बताए । गुडिरहेको गाडीलाई विना कारण आक्रमण नभएको उनको भनाई छ । घट्नामा रविका कार्यकर्ताले आक्रमक स्वरुपमा हुलहुज्जत गर्दै ठेलमठेल हुदा युवाहरुमा आक्रोसीत भएका थिए । उनले घट्ना जे जसरी भए पनि आपसी समन्यय र सवै पक्ष सचेत भएर अघि बढ्नको विकल्प नभएको बताए । गुण्डागर्ति सैलिमा आक्रमण भएको रविले प्रतिक्रिया दिएको भन्दै उनले आफुहरु सम्यमित रहेकाले सस्तो लोकप्रीयताका लागी अनेक आरोप नलगाउन आग्रह पनि गरे ।
चितवन क्षेत्र न २ मा पर्ने इच्छाकामना गाउपालीकाको चुनावी घरदैलोका क्रममा रवि लामिछाने र गठबन्धनका कार्यकर्ताविच घम्साघम्सी हुँदा रवितर्फका कार्यकर्ता चढेको गाडी तोडफोड भएको थियो । तोडफोडको भिडियो फोटो सामाजीक सञ्जालमा भईरल भईरहेको छ । चितवन २ मा प्रतिनिधिसभा सदस्यका लागी सत्ता गठबन्धनबाट उमेश श्रेष्ठ, एमालेबाट कृष्णभक्त पोख्रेल र राष्टिय स्वतन्त्र पार्टिबाट रवि लामिछाने उम्मेद्वार रहेका छन ।