चितवन । पौडी खेल्ने क्रममा चितवनमा एकजना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ९ का सिताराम श्रेष्ठका १६ बर्षीय छोरा मनिष श्रेष्ठ रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज अपरान्ह सवा दुईबजे शक्तिखोर स्थित कयरखोलामा बांँधमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
उनी डुबेको खबर पाउनासाथ प्रहरीको टोली घटनास्थल पुग्दा उनको मृत्यु भईसकेको थियो । श्रेष्ठको शव पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु