चितवन । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष तथा वरिष्ठ समाजसेवी टंकनाथ पौडेलले खाद्यान्न सहयोग गरेका छन । कालिका नगरपालिकाका दुई जना असहाय तथा विपन्न वृद्धालाई खाद्यान्न सहयोग गरेका छन् ।
पौडेलले कालिका वडा नम्बर ६, स्वर्णीम टोल निवासी वृद्धा फूलेश्वरी महतो र कालिका ७ निवासी लीलादेवी कार्कीलाई खाद्यान्न सहयोग गरेका हुन् । दुईछाक जोहो गर्नपनि मुश्किल ती बृद्धाले राम्रोसंँग खान नपाएपछि आफूले सहयोग गरेको पौडेलले बताए । ‘एक त असहाय वृद्धा त्यसमाथि जाडोको मौसम उनले भने, आफ्नो सानो सहयोगले उनीहरुको चुलो बाल्न पांँउदा अत्यन्त खुशी छु ।’
पौडेलले उनीहरुलाई घरमै पुगेर चामल, तेल, नुन, मसला, भुजा, बिस्कुटलगायत खाद्यान्न सहयोग गरेका हुन् । आगामी दिनमा पनि यस्ता असहाय विपन्नलाई सहयोग गर्दै जाने उनले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु