चितवन । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ८ स्थित पर्सा बजारमा रहेको सुनचांँदी र फेन्सी पसलमा आगलागी भएको छ । आज बिहान ३ बजेर ४० मिनेटमा चौबिसकोठी स्थित अनुष्का ज्वेलर्स र चांँदनी फेन्सीमा आगोलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आगो बिहान ४ बजेर १५ मिनेटमा दमकल र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको हो । विद्युत सर्ट भई आगोलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भएको भन्ने विवरण आउन बांँकी रहेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु