चितवन । चितवनबाट जाली नोट सहित एकजना महिला पक्राउ परेकी छिन । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर १ की गंगा तामाङ्ग रहेकी छिन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आईतबार सांँझ ६ बजे तामाङ्गले आफ्नो डेरा कोठामा खोटा मुद्रा (जाली नोट) संचय गरी जानी जानी चलन चल्ती गर्नका लागी लुकाई छिपाई राखेको अवस्थामा रु.१०००।–(एक हजार) का १३७ थान खोटा मुद्रा फेला परेको हो ।
तामाङलाई उक्त खोटा मुद्रा सहित नियन्त्रणमा लिई चितवन जिल्ला अदालतबाट मुद्रा सम्बन्धि कसूरमा म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु