चितवन। पवित्र धार्मिकस्थल देवघाटमा माघ १ गते लाग्ने माघे संक्रान्ति मेला व्यवस्थापनको तयारी पुरा भएको छ । मेला व्यवस्थापन मुल समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी व्यवस्थापनको तयारी बारे जानकारी दिएको हो ।
मेलामा भक्तजनको भिड लाग्ने भएकाले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री प्रसाद अधिकारीको संयोजकत्वमा मेला व्यवस्थापन मुल समिति २०७९ गठन गरिएको छ ।
मेलामा तीर्थयात्रीलाई सरल, सहज र सुरक्षित होस् भनेर चितवन, तनहुँ र नवलपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुख र सशस्त्र प्रहरी बलका प्रमुखबीच समन्वय गरिएको छ ।
तीर्थस्थलमा जानका लागि तीर्थालुलाई रामनगर–ठिमुरा हुँदै देवघाट पुग्ने बाटोको व्यवस्था गरिएको छ । त्यस्तै दासढुंगाबाट पनि देवघाट पुग्न सकिने मेला व्यवस्थापन समितिका संयोजक अधिकारीले जानकारी दिनुभयो । मेलाबाट फर्किने तिर्थालुलाई बागीश्वरी हुँदै आँपटारी निस्कने बाटोको व्यवस्था गरिएको छ ।
मेलामा धुम्रपान, माँस–मदिरा र सुर्तीजन्य पदार्थ निषेध गरिएको छ भने डुंगा र ¥याफ्टिङबाट नदी पार गर्दा एकतर्फीको भाडा ३५ रुपैयाँ कायम गरिएको छ । देवघाटमा आजदेखि तीन दिनसम्म विद्युत अविच्छिन्न प्रवाह हुने व्यवस्था मिलाइएको छ ।
वेणीमा नुहाउँदा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्येनजर गर्दै आकस्मिक उद्धारका लागि दुई वटा काठका डुंगा, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय र नेपाली सेनाको कालीबहादुर गणबाट गरी दुई÷दुई वटा उद्धार ¥याफ्टिङको व्यवस्था गरिएको अधिकारीले बताउनु भयो । देवघाटमा मेला भर्न देशका विभिन्न जिल्लाका साथै भारतबाट पनि तिर्थालुहरु आउने गर्नुहुन्छ ।