चितवन । चितवनमा एकजना मानसिक सन्तुलन गुमेका व्यक्ति त्रिशुलीमा खस्दा मृत्यु भएको छ । अन्दाजी ६५ बर्षीय ती पुरुष व्यक्तिको हालसम्म परिचय खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान सांँढे ११ बजे ईच्छाकामना गाउंँपालिका स्थित तीन नम्बर पुलको किनाराबाट हिंड्ने क्रममा उनी त्रिशुली नदीमा खसेका थिए ।
उनी मुग्लिङ्ग बजारमा मागेर खाई हिंड्ने गरेको र आज मोटेरेबल पुलको साइडबाट त्रिशुली नदी किनारमा पुगेको छ भन्ने खबर प्राप्त हुनासाथ उनलाई उद्दार गरी उपचारको लागि भरतपुर अस्पताल पठाईएको थियो । उनको शरीरको विभिन्न भागमा चोट पटक लागेको उपचारको क्रममा दिउसो १ बजेर ४८ मिनेटमा मृ्त्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु