चितवन । चितवनमा पिकअप गाडीले ठक्कर दिंँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका घर भई भरतपुरमहानगरपालिका वडा नम्बर ४ लंकुमा डेरा गरी बस्ने बर्ष ३४ का प्रभाकर पौडेल रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार राती सवा ११ बजे सो स्थानको लंकु पुल स्थित भित्री सडक खण्डमा बा.प्र.०३–००१ च १३६७ नम्बरको पिकअप गाडीले बा.प्र.०३–००४ प ४४६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाईते पौडेललाई भरतपुर अस्पताल पठाईएकोमा उपचारको क्रममा राती ११ बजेर ५५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी चालक भरतपुर महानगर पालिका वडा नम्बर .१५का प्रभु बिकलाई .प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु