चितवन । नेपाली कांँग्रेसका महामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अनिश्चित भएको बताएका छन । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसंँग कुरा गर्दै महामन्त्री कोइरालाले क्रियाशील सदस्यता टुंगो लागेपछि मंसीर सम्म महाधिवेशन हुने बताए ।” क्रियाशिल सदस्यता एकबर्ष अघि नसल्टाउनु हाम्रो कमजोरी हो , यो विवाद वडातहबाटनै हुंँदा समस्या भएको छ ।’कोइरालाले भने । अधिवेशन नजिकै आउंँदा क्रियाशीलको सदस्यता आउने गरेको भन्दै जिल्ला सभापति , क्षेत्रीय सभापति , वडा सभापति बीच र अन्य पार्टीबाट आएका समायोजनका कुरा धेरै कुरा नमिल्दा महाधिवेशन निश्चित नभएको उनको भनाई थियो । ‘मपनि सभापतिको उम्मेदवारी हो, अरुपनि धेरै छन । महाधिवेशन छिटो भन्दा छिटो होस भन्ने हो । ।’ उनले भने ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु