चितवन । चितवनमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगरपालिका वडा नम्बर १ बकुलर चोक बस्ने बर्ष ७५ का कुलप्रसाद पराजुली रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १० बजे भरतपुरबाट टांँडीतर्फ आउंँदै गरेको बा ४ ख ८९१६ नम्बरको बसले बकुलर चोकमा साईकल यात्री पराजुलीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भिर घाईते उनको उपचारको क्रममा चितवन मेडिकल कलेज १० बजेर ५० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । बसचालक मनहरी गाउंँपालिका , मकवानपुरका २४ बर्षीय मिलन तामाङ्ग प्रहरीको नियन्त्रणमा छन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु