साउन । नवलपुर प्रहरीले ७८ लाख बराबरको मोबाइल बरामद गरेको छ । भारतबाट भन्सार छलेर लैजादै गरेको अवस्थामा नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत पर्ने पूर्वी नवलपरासीको दुम्किवासबाट बिहीबार राति ५ सय ९५ थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।
कारमा लैजादै गरेका मोबाइलसहित २ जना व्यक्तिहरुसमेत पक्राउ परेका छन् । प्रदेश ३–०१–०२३ च ५५४४ नम्बरको कारमा लैजादै गरेको मोबाइलसहित भरतपुर महानगरपालिका–८ बस्ने अर्जुन ढकाल र सोही महानगरपालिका–२१ बस्ने इन्द्रलाल श्रेष्ठ पक्राउ परेको डिएसपी गिरीले बताए ।
बरामद भएका मोबाईल महंगो खालका विभिन्न ब्राण्डका छन् । नारायणगढ बजारका विभिन्न पसलमा बिक्रीका लागि मोबाइल लैजान लागेको प्रहरीले जनाएको छ । पक्राउ परेका कार र व्यक्तिहरुसहित मोबाइललाई आवश्यक कारबारहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।