भरतपुर । भरतपुर महानगरपालिका–७, ९ र १० का विभिन्न स्थानमा आज विद्युत अवरुद्ध भएको छ । ट्रान्सफर्मरहरुको एलटी तार अपग्रेड गर्ने काम भइरहेकाले बेलुका ६ बजेसम्म विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।
भरतपुर–१० को सिंचाई रोड, भरतपुर–९ को केन्द्रिय बसपार्क पछाडी र भरतपुर–७ को लालिगुराँस चोकमा रहेको ट्रान्सफर्मरको एलटी तार अपग्रेड गरिएको छ । त्यस आसपासका क्षेत्रमा बेलुका ६ बजेसम्म लाइन काटिने प्राधिकरणका इन्जिनियर विनोद सापकोटाले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु