चितवन । रोटरी क्लव अफ चितवनले भरतपुर २ क्षेत्रपुर आलेटोल स्थित मोहम्मद सिदिकलाई आर्थिक र ह्वीलचियर सहयोग गरेको छ । विगत एक वर्ष अगाडी प्यारलाईसिस भई दैनिक जिवनयापनमा समस्या देखिएको कारण ह्वील चियर हस्तान्तरण गरिएको क्लवका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।
विरामी मोहम्मद सिदिकका श्रीमती स्यानी मियाँ र छोरा मोहम्मद फारुलाई ह्वीलचियर र नगद हस्तान्तरण गरिएको थियो । । स्वास्थ्यमा समस्या भएपछि आम्दानीको अवस्था पनि कमजोर भएकाले उपचारमा सहयोग पु¥याउने उदेश्यले नगद पाँच हजार रुपैयाँ पनि सहयोग गरिएको अध्यक्ष शाक्यले बताउनु भयो ।
रोटरी क्लवद्धारा हस्तान्तरण गरिएको ह्वील चियरले मोहम्मदको दैनिक जिवनयापनमा सहयोग पुग्ने आशा व्यक्त गर्दै अध्यक्ष शाक्यले आगामी दिनमा पनि सहयोगको प्रतिवद्धता व्यक्त गर्नु भयो । सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लवको पहिलो प्राथमिकता समाजसेवा रहेको वताउँदै उहाँले सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्नु भयो ।
मोहम्मद परिवारले वेरोजगारी समस्या र आर्थिक अभाव दर्शाए पछि कार्यक्रममा सहभागि रोटरी क्लव अफ चितवनका सचिव गोपाल भट्टराईले विरामीमा छोरा मोहम्मद फारुलाई रोजगारीको व्यवस्था गरिदिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । । विरामी मोहम्मद सिदिकका श्रीमती स्यानी मियाँले सहयोग प्रति रोटरी क्लव अफ चितवनलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि साथ सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा रोटरी क्लव अफ चितवनका सचिव गोपाल भट्टराई, सर्भिस प्रोजेक्ट कमिटि चियर ई. पुरन सुवेदी, वोर्ड सदस्य मनोज वर्नवाल, रोट्याक्ट क्लव अफ चितवनका जोइन्ट ट्रेजरर सायल पाण्डेलगायतको सहभागिता रहेको थियो ।
पूर्वमा गल्फ कोर्समा आकर्षण बढ्दै
प्रजातान्त्रिक आन्दोलनको आरोह अवरोहबीच असदको सत्ताको २५ बर्ष
लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति