चितवन । भरतपुर महानगरपालिकाका स्काउट प्रमुख तथा संरक्षक दीक्षित हुनु भएको छ। महानगर प्रमुख तथा उप प्रमुख स्काउट दिक्षित हुनु भएको हो । बिहिवार एक भब्य समारोहका बिच महानगर प्रमुख रेनु दहाल तथा उप प्रमुख चित्रसेन अधिकारी दीक्षित हुनु भएको हो । स्काउट प्रमुख तथा सरक्षकलाई नेपाल स्काउटका केन्द्रिय संयोजक लोक बहादुर भण्डारीले दीक्षित गराउनु भएको हो । स्थानीय स्तरमा पालिका प्रमुख सरक्षक तथा उप प्रमुख स्काउट प्रमुख रहने ब्यबस्था छ ।
भरतपुर महानगरपालिकाको आयोजना तथा भरतपुर महानगर स्काउट समितिको ब्यबस्थापनमा भएको भरतपुर महानगरपालिका स्काउट तदर्थ समिति, संरक्षक, प्रमुख स्काउट तथा सचिवको दिक्षान्त समारोहमा नगर प्रमुख तथा उप प्रमुखलाई दीक्षित गराइएको हो ।
दीक्षित समारोहलाई सम्बोधन गर्दै भरतपुर महानगर स्काउट प्रमुख एवं नगर उप प्रमुख चित्रसेन अधिकारीले अबको योजना एक घर एक स्काउटको रहेको बताउनु भयो । ‘व्यवहारिक जीवनबाट विमुख हुँदै गएका बालबालिकाका लागि स्काउटले सही मार्गदर्शन गर्न सक्छ ।’ स्काउट प्रमुख अधिकारीले भन्नू भयो ।
अधिकारीले स्काउटको दश सिद्धान्तको पालना गर्न सबैमा आग्रह समेत गर्नु भयो ।
समाज र समुदायले परिवर्तन खोजेको बताउंँदै उहाँले परिवर्तन स्काउट बाटै शुरु हुने पनि बताउनु भयो ।
आगामी दिनमा अझ शशक्त भएर समाजिक सेवा र दिन दुःखीहरुको सेवामा लाग्न सबै स्काउटरहरुलाई अनुरोध समेत गर्नु भयो । देशका सात सय त्रिपन्न पालिकाहरुमा भरतपुर महानगरपालिकालाई एक नम्बरको स्काउट मैत्री महानगर घोषणा गर्ने गरि काम गर्नु पर्नेमा पनि जोड दिनु भयो ।
यसैगरी दिक्षान्त समारोहलाइ सम्बोधन गर्दै भरतपुर महानगर स्काउट सरक्षक एव महानगर प्रमुख रेनु दहालले स्काउटको मान्यता बिश्व ब्यापी रहेको चर्चा गर्नु भयो । स्काउट समाजको गहना भएको बताउदै संरक्षक दाहालले सामाजिक कार्यमा प्रगति हुने गरि काम गर्ने निकाय भनेको नै स्काउट भएको जिकीर गर्नुभयो ।
स्थानीय स्तरमा स्थानीय आयुक्त स्काउटबाट निर्वाचित ब्यक्ति रहने प्राबधान छ । त्यस्तै पालिका स्तरमा नगर शिक्षा अधिकारी सदस्य सचिब रहने कार्यब्यबस्था छ । त्यस्तै केन्द्रमा सरक्षक प्रधानमन्त्री, प्रमुख स्काउट युवा तथा खेलकुदमन्त्री र प्रमुख आयुक्त स्काउटबाट निर्वाचित ब्यक्ति रहने ब्यबस्था छ । स्काउटले युवाहरूलाई कुलतमा फस्न नदिन, फसिसकेकाहरूलाई पनि सहि मार्गमा ल्याउन सहयोग गर्छ । युवालाई असल नागरिक बनाउनुको साथै अनुशासन कसरी पालना गर्ने, देश निर्माणमा कसरी लाग्न सकिन्छ भन्ने कुरामा स्काउटले मद्दत पु¥याउछ ।
समारोहमा नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल,नेपाल स्काउटका केन्द्रिय सयोजक लोक बहादुर भण्डारी लगाएतले मन्तव्य राख्नु भएको थियोे । बिश्वका करिब १७२ देशमा स्काउट सन्चालनमा रहेको छ ।