चितवन । भरतपुर महानगरपालिकाले बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुका लागि उन्नत जातका बाख्रा बितरण गरेको छ । उनीहरुको दैनिक जीवनयापनमा सहज होस भन्ने हेतुले महानगरपालिकाले बाख्रा बितरण गरिएको हो । भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गताका अभिभावक सघ चितवनले अपाङ्गता भएका ब्यक्तिहरुका लागि समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रम अन्तर्गत रहेर बाख्रा बितरण गरेको जानकारी दिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १५ का आज पांँच घरलाई उन्नत जातका बाख्रा वितरण गरेको थियो ।
कार्यक्रममा बाख्रा बितरण गर्दै उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका पूर्वाधार पछि सामाजिक कार्यमा अघि बढेको बताउनु भयो । ‘शुरुवाती क्षणमा बाख्रा बितरण यो कार्यक्रम सानो भए पनि यो आर्थिक समृद्धिमा जाने संकेत हो, उप प्रमुख अधिकारीले भन्नुभयो, यो एउटा सानो बीउ पूंँजी हो ।’
भरतपुर महानगरपालिका घर आगनको स्थानीय सरकार भएकोले सबैलाई अपनत्व हुने गरि सरकारको सेवा तल्लो तहका नागरिक सम्म पु¥याएको उहाँको भनाई थियो । हाल महानगरपालिकाले आगामी दिनमा यो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाईने उहांँले बताउनु भयो । यो कार्यक्रम एक घर एक रोजगारीको अबधारणामा रहेको समेत उहांँले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाले आगामी दिनमा अपाङ्गता भएका ब्यक्तिहरुको लागि सहायता सामाग्री बितरण,ब्रेल अर्थात सेतो छडी बितरण,शैक्षिक सामाग्री बितरण लगायतका अन्य धेरै कार्यक्रमहरु गर्दै आएको छ ।
कार्यक्रममा स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा निर्देशक शान्ता कुमारी पौडेल,अपाङ्गता समाज चितवनका अध्यक्ष होमनाथ अधिकारी लगायतले आफ्ना धारणा राख्नु भएको थियोे ।
भरतपुरका बौद्धिक अपांगलाई उन्नत जातका बाख्रा वितरण
भरतपुरका बौद्धिक अपांगलाई उन्नत जातका बाख्रा वितरण

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु