काठमाडौं। विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई नेपाल ऋषिको उपाधी सहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा गुरुङलाई उपाधी सहित सम्मान गरिएको हो । दोलखाको चरणावती त्रिवेणीधाम विकास प्रवर्धन संघले डा.गुरुङलाई नेपाल ऋषिकोले सम्मान गरेकोमा महासंघले यसलाई अनुमोदन गरेको छ ।
सम्मान ग्रहण गर्दैं डा गुरुङले ७७ बर्ष पछि पुन न्वारन गरिदिएको भन्दैं महासंघ प्रति आभार प्रकट गर्नु भयो । उहाँले आगामी जीवन सामाजिक कल्याणमा लाग्ने समेत बताउनु भयो । ‘ विश्व हिन्दु महाँसंघले ७७ बर्ष पछि पुन न्वारान गरिदिएको छ । अव बाँकी जीवन सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न लागाउने छु ’ उहांँले भन्नुभयो । धर्म संस्कृतिको व्याख्या विश्लेषण र सहित राष्ट्रको हितका लागि लाग्ने उहांँले बताउनु भयो । डा. गुरुङले नेपालको सदभाव कायम राख्न र्याली भन्दा पनि धर्म र सस्कृतिको व्याख्या गर्ने बेला आएको बताउनु भयो । नेपाल अध्यात्मिक केन्द्रको रुपमा विश्वमा परिचत भएको भन्दैं त्यसको अध्ययनमा लागउन सुझाव दिनु भयो ।
कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष एवम् सांसद पशुपति शमसेर जवराले मात सिता र वुद्धको देश भएको भन्दैं नेपालको सदभावलाई कसैले खलल पुर्याउन नसक्ने बताउनु भयो । धार्मिक रुपमा एकता भौगोलिक रुपमा विविदता भएको स्वर्ग भुमिका ठूला दलले भष्ट्राचार घुसखोरीले दुषित पार्न खोजेको भन्दैं आक्रोष व्यक्त गर्नु भयो । उहाँले नेपालको सद्भावनामा कसैले खलल गर्न नसक्ने पनि दावी गर्नु भयो । उहाँले भन्नु भयो “मेरै कलिक्स भनौं ठूला पार्टीले भष्ट्राचार र घुस खोरीले दुषित बनाएका छन् । तर माता सिता र वुद्धको देशमा जती गरेपनि यहाँको सदभाव खलल गर्न सक्दैन ।‘”
सोही कार्यक्रममा विश्व हिन्दु महासंघका उपाध्यक्ष एवम पूर्वमन्त्री दिनबन्धु अर्यालले नेपाललमा धार्मिक सहिष्णुतामा खलल पुर्याउने प्रयत्न भएको भन्दैं त्यसलाई रोक्न सबै लाग्नु पर्ने धारणा राख्नु भयो ।
धरानमा भएको गौ हत्या र मन्दिर अघि चर्च निर्माण भएको विषय उल्लेख गर्दैं गोरु काटेर खानेले माफी गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो “ गोरु काटेर खानेले माफी नमागी माफी दिन सकिदैन, पहिला उनीहरुले माफी माग्नु पर्छ । धर्मको प्रतिकको रुपमा रहेको गोरु काटेर खानेको कडा प्रतिवाद गर्नु पर्छ “ नेपाललाई धर्म निरपेक्ष घोषणा गर्न अनेकौ राजनीतिक खेल भएको भन्दै विश्व हिन्दु महासंघले हिन्दु राष्ट्रका लागि लाग्नेलाई सहयोग गर्ने प्रतिवद्दता समेत जनाउनु भयो ।
कार्यक्रममा सहभागी बक्ताहरुले सामाजिक सदभाव र धार्मिक सहिष्णुतामा खलल पुर्याउने काम भएको भन्दैं त्यसको विरुद्धमा ऐक्यवद्दता जनाएका छन् । जसम जैन सेवा समिति, कृष्ण प्रणामी सेवा समिति, विभिन्न मठ मन्दिरका मठाधिसहरुले ऐक्यबता जनाएका हुन् ।