चितवन । केटीबी एड्भरटाईजिङ एजेन्सी एण्ड सर्भिसेज प्रालीद्धारा सञ्चालित एटुजेड समाचार डटकमले महिला पत्रकार एवम् सञ्चारकर्मीविच तिज विशेष लेखन प्रतियोगिता गर्ने भएको छ । एटुजेडले महिला पत्रकार एवम् सञ्चारकर्मी विच “तीजको साँस्कृतिक महत्व र यसको प्रभाव ” बिषयक लेखन प्रतियोगिता गर्ने भएको हो ।
मध्य नेपालको चितवन तथा आसपासका जिल्लाहरूलाई आधार क्षेत्र बनाएर डिजिटल माध्यम मार्फत सञ्चालनमा आएको अनलाइन पत्रिका एटुजेड समाचार डटकमले संस्कृति संरक्षणमा चल्ने कलमको सम्मान गर्दै उक्त प्रतियोगिता आयोजना गरेको हो ।
चितवनबाट पत्रकारिता शुरु गरेर हाल जिल्ला, जिल्ला बाहिर वा बिदेशमा समेत रहेका महिला पत्रकार ÷ सञ्चारकर्मीहरूलाई पुनः चितवन संग जोड्ने र मौलिक कला÷संस्कृतिको महत्व र गरिमालाई बचाईराख्ने गर्ने उद्देश्यले नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा लेखन प्रतियोगिताको आयोजना गरिएको एटुजेड समाचार डटकमका अध्यक्ष किशोर चन्द्र सापकोटाले जानकारी दिए ।
सापकोटाको अनुसार सञ्चारकर्मीले उक्त लेखमा नेपाली भाषामा न्यूनतम एकजार दुईसय शब्दको हुनुपर्नेछ । सञ्चारकर्मीले प्रिति वा नेपाली युनिकोड फन्टमा प्रयोग गरी
[email protected] मा २०८० भाद्र ३० गते अपरान्ह ४ बजेसम्ममा आफ्नो, स्थायी ठेगाना, सम्पर्क मोबाइल नं. र फोटो सहित पठाउनुपर्ने छ । समय सीमा भित्र प्राप्त भएका लेखहरूलाई भाद्र ३१ गते बिहान ११ बजेसम्म एटुजेड समाचारको वेबसाईट र फेसबुक पेजमा प्रकाशन गरिने सापकोटाले बताए ।
फेसबुक पेजमा असोज २ गतेसम्म गरिएका लाईक, सेयर, कमेन्ट र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको सूचना प्रविधि टिमले र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगिहरूको छनौट गरि पुरस्कृत गरिनेछ ।
आर्टिकल लेखनमा प्रथम हुनेलाई २० हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार पुरस्कार प्रदान गरिने छ भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने छ ।
आयोजक सस्था एटुजेड समाचार डटकम डिजिटल पत्रिका फेसबुक प्लेटफर्म मार्फत पनि प्रकाशित हुने र सामाजिक सञ्जाल प्रयोगमा पत्रकार र पाठक दुबै वर्गको सकारात्मक सक्रियताका लागि २०% निर्णयको आधार छुट्टाइएको अध्यक्ष सापकोटाले जानकारी दिए ।