कास्की । कास्की माछापुच्छ्रे गाउँपालिका–२ बाँझाखेतका श्रीराम कामीलाई श्रीमती हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । रक्सीको नशामा उनले आफ्नी श्रीमतीको कुटेर हत्या गरेका थिए ।
सोमबार राति १२ बजे सिलौटाको लोहोराले टाउकोमा प्रहार गर्दा घाइते श्रीमती श्रीमायालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिनु भयोअस्पतालमा उपचारका क्रममा श्रीमायाको मृत्यु भएपछि प्रहरीले श्रीमान श्रीरामलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु