चितवन – पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ३ मिलिजुलीटोलबाट प्रहरीले भारी परिमाणमा प्रतिबन्धित लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउंँ बस्ने २४ वर्षीय बिजय सुनार रहेका छन ।
पक्राउ परेका सुनारलाई प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोलिथिनको झोला बोकी शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई चेकजाँच गर्ने क्रममा लागु औषधसहित पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले एक हजार पाँच सय थान निट्राजिपाम ट्याब्लेट आइपी र निट्राभेट १० ट्याब्लेट बरामत गरेको छ । उनलाई लागु औषध ऐन २०३३ अन्तर्गत मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु