चितवन । अपांग जागरण अभियान चितवनको समन्वय र लायन्स क्लब अफ नारायणगढ, नारायणीको सहयोगमा अपांगलाई ह्वील चेयर, कृतिम हातखुट्टा सहयोग गरिएको छ । ३२ औं अन्तरराष्ट्रिय अपांग दिवसको अवसरमा उनीहरुलाई उक्त सामाग्री वितरण गरिएको हो । अपांँग जागरण अभियान चितवनले १० जनालाई कृतिम हातखुट्टा र लायन्स क्लबले एक अपांँग महिलालाई ह्वील चेयर सहयोग गरेको अभियानका अध्यक्ष अम्बिकालाल श्रेष्ठले जानकारी दिनुभयो । भरतपुरमा आयोजित सो कार्यक्रममा क्लबले चारजना विपन्न विद्यार्थीलाई निशुल्क शैक्षिक सामाग्री प्रदान गरेको थियो ।
सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले विगतका बर्षहरुमा जस्तै यसबर्षपनि संस्थाले अपांगलाई ह्वील चेयर र कृतिम हातखुुट्टा वितरण गर्दै आएको बताउनु भयो । उनीहरुको दैनिक जीवन सहज र सरल होस भन्ने हेतुले त्यस्ता व्यक्तिहरुलाई सामाग्री वितरण गरिएको उहांँले बताउनु भयो । संस्थाले यस्ता व्यत्तिहरुकोलागि आत्म निर्भर बनाउने उद्धेश्यसहित सीपमुलक काम दिदै आएको समेत उहांँले जानकारी दिनुभयो । उहांँले जागरण अभियानले हाल १५ जना अपांगलाई स्वरोजगार उपलब्ध गराएको समेत बताउनु भयो ।
क्लबका गर्भनर आरएस महत्तोले अपांँगले अपांगलाई नै सहयोग गर्नु सह्रानीय काम रहेको बताउनु भयो । अपांगले पनि समाजमा केही गर्न सक्छन भन्दै उहांँले सबै क्षेत्र तथा संस्थाले उनीहरुको जीवनस्तर उकास्न मदत गर्नुपर्ने बताउनु भयो । वितरण कार्यक्रममा अभियानका पदाधिकारी तथा सदस्य तथा लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरु सहभागिता रहेको थियो ।