चितवन । माडीको गर्दी गाउँमा भएको सवारी दुर्घटनामा परेर माडी नगरपालिका– २ का वडासदस्य जीवलाल लुईंटेलको मृत्यु भएको छ ।
शनिवार साँझ करीब ६ बजे माडी नगरपालिका–१ गर्दीमा बाइकलाई एक सवारी साधनले ठक्कर दिँदा वडा सदस्य लुईंटेलको घटनास्थलमै मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय माडीका अनुसार बा.प्र. ०३ ०४प ८९१७ नम्बरको मोटरसाइकलमा बनकट्टाबाट बरुवातर्फ आउँदै गर्नुभएका वडा सदस्य लुईंटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गाइरहेको सवारी साधनले ठक्कर दिएको थियो ।
ठक्कर दिएको सवारी साधनको पहिचान हुन नसकेको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । दिवंगत लुइँटेल नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित हुनुभएको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु