भरतपुर । रोटरी क्लब चितवनको वार्षिक बैठकले सन् २०२४/२५ का लागि नयाँ बोर्डको घोषणा गरिएको छ । रोटरी क्लब चितवनका पूर्वअध्यक्ष रमेशकुमार पियाको संयोजकत्वमा रहेको निर्वाचन समितिले भानु शर्माको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । सन् २०२४ को जुलाइबाट कार्यभार सम्हाल्नेगरी समिति गठन गरिएको हो ।
समितिको निवर्तमान अध्यक्षमा चन्द्रेश्वर भट्टराई, निर्वाचित अध्यक्षमा डा. कृष्णप्रसाद पौडेल, मनोनीत अध्यक्षमा रामचन्द्र अधिकारी, प्रथम उपाध्यक्षमा गेहेन्द्रमान श्रेष्ठ, द्वितीय उपाध्यक्षमा राजन पिया, तृतीय उपाध्यक्षमा गोपाल भट्टराई, सचिवमा पुरुषोत्तम रिजाल, कोषाध्यक्षमा लक्ष्मण अर्याल, निर्देशकहरुमा गोपाल गैरे, ई. पुरन सुवेदी, शिरिष पन्त, डा. मनोहर प्रधान, ई. लोमश अधिकारी, सहसचिवमा जनककुमार ढकाल, जनसम्पर्क अधिकारी मनोज बर्नावाल, सहायक जनसम्पर्क अधिकारी शोभा बराली, सम्पादक रुपक श्रेष्ठ, सहसम्पादक प्रभा गुरुङ चयन भएका छन् ।
बैैठकमा २०२४/२५ का अध्यक्ष भानु शर्माले आफ्ना कार्ययोजनाहरु पेश गर्दै सबैको सहयोग र सल्लाहबाट क्लबको छविलाई अझ माथि उठाउने प्रतिबद्धता गरेका थिए ।