, चितवन । भरतपुर विमानस्थलको भि आइपी कक्षमा आगलागी भएको छ । विहानपखको समय विद्युत चुहाबट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । विमानस्थलका प्रहरी नायव निरीक्षक लालबहादुर घलानले आज बिहान पौने ७ बजेतिर आगलागी भएको थाहा पाएको जानकारी दिए । ‘भिआइपी कक्ष प्राय बन्द भईरहन्छ , बिहान रनवे क्ल्यिर गर्ने क्रममा धुंँवा आएको देख्यौं । ‘उनले भने । एयरपोर्टमा दमकल तयारी अवस्थामा रहेकोले १० मिनेट भित्र निभाईएको घलानले जानकारी दिए । चुहावट भएपछि भिआइपी कक्षका सोफा , कार्पेट, एसी, पर्दा , टेवल लगायतका सामानहरु जलेर नष्ट भएका छन । के कति क्षति भयो भन्ने थव विवरण हुन बांँकी छ ।
बिहानको समय भएकाले विमानस्थलमा मानिसको आगमन कम भएकोले अन्य क्षति हुन नपाएको घलानले बताए । आगलागी भएपछि विमानस्थल १ घण्टाको लागि बन्द गरिएको थियो । हाल विमानस्थल सुचारु भई उडान समेत शुरु भईसकेको उनले बताए ।