चितवन । महिनौंदेखि राखिएका मागको सम्बोधन नभएको भन्दै चितवनका दुग्ध किसानले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै पुस २९ गतेबाट माघ २ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
दूधको अनुदान, भुक्तानी , बीमा , सहुलियत कर्जा लगायतका विषय कार्यान्वयन नभएको भन्दै बाध्य भएर चरणबद्ध आन्दोलनको घोषणा गरिएको संघले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष किशोर बगालेले आफ्ना मागको सम्बोधन गर्न पुष २८ गते सम्म समय दिईएको र सम्बोधन नगरिए पुष २९ गतेबाट आन्दोलनका कार्यक्रम अगाडि बढाईने बताए ।
‘हामीले पटकपटक राज्यसंँग ,डेरी उद्योगसंँग अनुरोध गर्यौं । राज्यका निकायसंँग डेलिकेशन गयौं, ज्ञापन पत्र बुझायौं उनले भने, राज्य कानमा तेल हालेर बसेको छ , न बोल्छ , न भुक्तानी तिर्ननै लगाउंँछ ।’ उनका अनुसार संघले पुष २९ गते किसान प्रर्दशन गर्ने, माघ १ गते कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पतालमा ताला लगाउने, माघ २ गते कृषि तथा पशुपन्छी मन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम रहेको छ ।
हरेक १५ दिनमा डेरी उद्योगले भुक्तानी दिनुपर्ने आपसी समझदारी भएपनि भदौ देखिनै किसानहरुको भुक्तानी बांँकी रहेकोले आन्दोलन गर्नु परेको वगालेको भनाई छ ।
संघका सचिव कल्याण अधिकारीले दूध उत्पादन राम्रो र नियमित आपुर्ति भएपनि भुक्तानी रोंिकदा बैंकको व्याज, पशुपन्छीको आहारा खरिद गर्न नसकिएको बताए । ‘करिब चितवनका किसानको करीब २२ करोड भुत्तानी लिन बांँकी छ ,अहिले भुक्तानी नहुंँदा हामी ४० हजार किसान मारमा छौं ।’ अधिकारीले भने । काठमाडौंका ३२ वटा डेरी उद्योग र डिडिसीले समेत भुत्तानी नदिंँदा आन्दोलन गर्नुपरेको उनको भनाई छ । किसानको बिक्री दूधको बिक्री मुल्य प्रतिलिटर औसत ६५ रुपैंया भएपनि उपभोक्ताले प्रतिलिटर १२० रुपैंयासम्म तिर्नु परेको भन्दै मुल्य समायोजन गर्न समेत आन्दोलन गरिन लागेको अध्यक्ष बगालेले बताए ।
हाल चितवनमा हरेक दिन ३ लाख लिटर उत्पादन हुंँदै आएको छ भने डेढ लाख लिटर दूध चितवन बाहिर बिक्री हुंँदै आएको छ ।