चितवन । चितवनमा निशेधाज्ञा अवज्ञा गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको छ । शुक्रबार ५९ वटा सवारीसाधन कारबाही गरिएको आज शनिबार ८४ वटा बिजोर सवारीसाधनलाई कारवाही गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार आज दुईपांँग्रे ५३ वटा , तीनपांँग्रे सवारीसाधन १७ वटा ,ठूला सवारीसाधन ३ वटा , साना सवारीसाधन ११ वटा गरी ८४ वटा कारवाही परेका हुन् ।
कार्यालयका प्रमुख भगवान थापाले अवज्ञा गर्ने सवारीसाधनमाथि बढी निगरानी राखिएकोले कारवाही संख्या पनि बढेको बताए । आगामी दिनमा जोर विजोर प्रणालीलाई थप कडाई गर्दै लगिने थापाको भनाई छ । कारवाहीमा परेका सवारीसाधनलाई सवारीसाधनको प्रकृति र उल्लंघन अनुसार न्यूनतम ५०० देखि २००० रुपैयांँ सम्म जरिवाना गरिएको थापाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु