चितवन । मोबाइल चोरी गर्दै हिड्ने एकजना किशोरलाई प्रहरीले पक्राउ परेको छ ।गोरखा जिल्ला जौवारी घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर १ पुल्चोक बस्ने बर्ष १९ को बिनोद तामाङ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरमा प्रेमलाल थारुको घर कोठामा डेरा गरी बस्दै आएका बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नम्बर ९ बस्ने आशिष थारु र आशिष चौधरीको चार्जमा राखेको मोबाईल चोरी भएको भन्ने लिखित निवेदनको आधारमा खोजतलास गर्दै जाने क्रममा तामाङ्गलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनलाई शनिबार बिहान १०;००बजे भरतपुर महानगरपालिका वडा नम्बर ७ माछापुच्छ्रेचोकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनको साथबाट बिभिन्न कम्पनीका श्रोत नखुलेको ३ थान मोबाईल फेला परेको छ । उनलाई चोरी मुद्दामा जिल्ला अदालत, चितवनबाट म्याद थपेर अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।